औषधिको नियमित सेवन
औषधिको नियमित सेवन
- डाक्टरले सल्लाह दिए अनुसार आफ्ना औषधिहरू नियमित रूपमा खानुहोस्।
- आफूलाई कस्तो महसुस भइरहेको छ भन्ने आधारमा औषधिको मात्रा आफैं घटाउने, बढाउने वा छोड्ने नगर्नुहोस्।
- सधैं आफ्नो साथमा डाक्टरको प्रेस्क्रिप्सन (पुर्जा) राख्नुहोस् र आफ्ना औषधिहरूको नाम याद गर्नुहोस्।
- औषधिहरूलाई सही तरिकाले (चिसो र ओभानो ठाउँमा) भण्डारण गर्नुहोस्।
- यदि औषधिबाट कुनै साइड इफेक्ट (असर) देखिएमा डाक्टरलाई तुरुन्तै जानकारी गराउनुहोस्।


