मधुमेहमा खुट्टाको हेरचाह किन महत्त्वपूर्ण छ?
मधुमेहमा खुट्टाको हेरचाह किन महत्त्वपूर्ण छ?
- मधुमेहका बिरामीहरूमा स्नायु प्रणालीमा क्षति (Nerve damage) पुग्ने भएकाले दुखाइ, तातो वा चिसो थाहा पाउने क्षमता कमजोर हुन्छ, जसले गर्दा उनीहरूलाई आफ्नो खुट्टामा लागेको घाउ थाहा हुँदैन।
- यसले गर्दा खुट्टामा रक्तसञ्चार पनि कमजोर हुन्छ र घाउ निको हुन ढिलो हुन्छ।
- यदि घाउको समयमै उपचार गरिएन भने, यसले गम्भीर संक्रमण को रूप लिन सक्छ।
- गम्भीर संक्रमणका कारण कहिलेकाँही खुट्टा नै काट्नुपर्ने स्थिति पनि आउन सक्छ।


